images

‘एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज९आइतबार०सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

आइतबार​ ११ साउन २०८२ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया