जापानमा विदेशीलाई आवास तथा बसाइँसराइसम्बन्धी सेवा दिँदै डिस्कभरी हाउस युकी जापान

ओसाका, जापान। जापानमा बसोबास गर्ने नेपालीसहित विदेशी समुदायलाई सुरक्षित, पारदर्शी र भरपर्दो आवास सेवा उपलब्ध गराउने उद्देश्यले डिस्कभरी हाउस युकी जापान फुदोसानले विगत तीन वर्षदेखि सेवा प्रदान गर्दै आएको छ। कम्पनीले जापानमा पहिलोपटक आउने नेपाली तथा अन्य विदेशी नागरिकलाई घर तथा कोठा खोज्नेदेखि भाडा सम्झौता, बसाइँसराइ र सामान सार्नेसम्मका सेवा उपलब्ध गराउँदै आएको कम्पनीका कार्यकारी प्रमुख योगराज लामाले जानकारी दिए।

कम्पनीका अनुसार घर तथा अपार्टमेन्ट खोजी, भाडा सम्झौता प्रक्रिया, रियल इस्टेटसम्बन्धी परामर्श र बहुभाषिक सहयोगलगायतका सेवा प्रदान गरिँदै आएको छ।  जापानमा नयाँ आउने विदेशी नागरिकलाई आवास खोज्ने तथा बसोबास व्यवस्थापन गर्ने क्रममा हुन सक्ने कठिनाइ कम गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको लामाले बताए।

त्यसैगरी, सेवाग्राहीको आवश्यकताअनुसार विमानस्थलबाट लिन जाने, नयाँ कोठासम्म पुर्‍याउने, सामान सार्न सहयोग गर्ने तथा यातायातको व्यवस्था मिलाउने सेवासमेत उपलब्ध गराइने जनाइएको छ। जापानमा पहिलोपटक आउने विद्यार्थी, कामदार तथा अन्य नेपालीलाई नयाँ ठाउँमा पुगेर आवास खोज्न, कोठासम्म जान र आवश्यक सामान व्यवस्थापन गर्न सहज बनाउने उद्देश्यले यस्ता सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

जापानमा आवास खोज्ने तथा बसाइँसराइ गर्ने क्रममा भाषा, भाडा सम्झौता र आवश्यक प्रक्रियाबारे जानकारीको अभावले विदेशी नागरिकले विभिन्न कठिनाइ सामना गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा सम्बन्धित विषयमा जानकारी र आवश्यक सहयोग उपलब्ध गराउने सेवाले नयाँ आउने नेपाली तथा अन्य विदेशी नागरिकलाई सहजता प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।