images

विहीबारको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

काठमाडौं । काठमाडौमा जेठ १५ गते आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । आज विहीबार काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् । 
 

बिहीबार १६ जेठ २०८२ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया