images

जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् ।आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको हो ।बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउने आवश्यकतामा जोड दिएको छ ।साथै न्यायपूर्ण समाज निर्माणका लागि एकीकृत रूपमा अघि बढ्ने निष्कर्ष निकालिएको जनाइएको छ । पार्टी एकीकरणसम्बन्धी निर्णयमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार १४ पुस २०८२ १०:११ AM मा प्रकाशित

प्रतिक्रिया