मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनरपुरुष मेकअप आर्टिस्टको यात्रा स् कला, लगन र सफलतापुरुष पार्लरबारे मानिसहरुको सोच बदलिएको छ, भविष्य उज्वल छनेपालमा पुरुष मेकअप आर्टिस्टको उदय र चुनौतीकाठमाडौं । नेपालमा मेकअप तालिम लिनेहरूमा महिलाको संख्या बढी भए पनि पुरुषका लागि पनि यो क्षेत्र उज्वल देखिन थालेको छ । यो क्षेत्र भविष्यमा अझै फराकिलो हुने मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनर टेकराज पाण्डेको विश्वास छ । विशेष कुराकानीमा राज ब्युटी एकेडेमी एण्ड ब्युटी स्टुडियोका प्रोफेसनल मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनर पाण्डेले नेपालमा पुरुष मेकअप आर्टिस्टका अनुभव, चुनौती र सम्भावनाबारे खुलेर कुरा गरेका छन् ।उनले सन् २०१९ देखि औपचारिक रूपमा मेकअप क्षेत्रमा काम सुरु गरेका हुन् । सुरुवाती चरणमा पुरुष पार्लर तथा मेकअप स्टुडियो सञ्चालन गर्दा समाजले फरक दृष्टिले हेर्ने गरेपनि अहिले समयसँगै सोचमा परिवर्तन आएको उनको भनाइ छ ।पाण्डेका अनुसार सुरुमा पुरुषले मेकअप गर्ने विषयमा आलोचना र जिज्ञासा दुवै थियो । गाउँ–समाजमा अझै पनि केही हदसम्म फरक सोच रहेपनि अहिले शहरदेखि गाउँसम्म मेकअप पेशालाई क्रमश स् स्वीकार गर्न थालिएको छ । नेपालमा यसअघि पनि फिल्म क्षेत्रमा पुरुष मेकअप आर्टिस्ट सक्रिय रहेकाले अहिले यो पेशा नयाँ नभए पनि प्रशिक्षण र व्यवसायिक स्तरमा विस्तार भने पछिल्लो आठदश वर्षमा तीव्र रूपमा भएको उनी बताउँछन् ।कतारमा रहँदा फिल्मसँग जोडिन पुगेपछि मेकअपप्रति रुचि बढेको बताउँदै पाण्डेले दिल्लीमा व्यवसायिक मेकअप तालिम लिएर नेपाल फर्किएको अनुभव सुनाए ।मेकअप केवल सौन्दर्यसँग मात्र नभई कला र व्यवसाय दुवै भएको भन्दै यसले आत्मनिर्भर बन्न र पहिचान बनाउन सहयोग गर्ने उनको धारणा छ । सुरुका वर्षहरू संघर्षपूर्ण रहेपनि निरन्तर अभ्यास र लगनशीलताले अहिले यो क्षेत्रबाट राम्रो सम्भावना देखिन थालेको उनले बताए ।मेकअप गर्दा सबैभन्दा महत्वपूर्ण पक्ष स्किन एनालाइसिस भएको पाण्डे बताउँछन् । स्किन टोन, स्किन टाइप, दाग–धब्बा, रिंकल, ड्रेस, हेयर स्टाइल र इभेन्टअनुसार मेकअप फरक–फरक हुने उनको भनाइ छ ।ब्राइडल, फोटोसुट, म्यूजिक भिडियो तथा टेलिभिजन मेकअपका लागि फरक प्रविधि र अनुभव आवश्यक हुने बताउँदै क्यामेरा र लाइटसँग मेल खाने मेकअप आजको समयमा अनिवार्य बन्दै गएको उनले प्रष्ट पारे ।मेकअप तालिमको भूमिकाबारे बोल्दै पाण्डेले अभ्यास र व्यवहारिक सिकाइ अत्यन्त महत्वपूर्ण हुने बताए । उनको एकेडेमीबाट तालिम लिएका करिब ९५ प्रतिशत विद्यार्थीहरू अहिले सक्रिय रूपमा काम गरिरहेको दाबी गरे ।विशेषगरी विदेश जाने उद्देश्यले तालिम लिनेहरू नयाँ ट्रेन्डमा छिटो अपडेट हुने र अवसर पनि चाँडै पाउने गरेको उनको अनुभव छ । नेपालमा मेकअप तालिम लिनेहरूमा महिलाको संख्या बढी भएपनि पुरुषका लागि पनि यो क्षेत्र भविष्यमा अझै फराकिलो हुने पाण्डेको विश्वास छ।पार्लर तथा मेकअप क्षेत्रमा आर्थिक लगानी, सामग्रीको गुणस्तर र बढ्दो प्रतिस्पर्धा चुनौती भए पनि यो कला, पेशा र सेवाको संयोजन भएकाले यसको मूल्य बुझ्न आवश्यक रहेको उनले जोड दिए ।मेकअपमा प्रयोग हुने ब्रान्डेड सामग्री, तालिम र अनुभवको लागतका कारण सेवाको मूल्य निर्धारण हुने उनको भनाइ छ । पाण्डेले भविष्यमा नेपालमा पुरुष मेकअप आर्टिस्टको भूमिका थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।लगनशीलता, निरन्तर अभ्यास र पेशागत इमान्दारिताका साथ अघि बढेमा मेकअप क्षेत्र सदाबहार पेशा बन्न सक्ने उनको धारणा छ । महिला, पुरुषको विभाजन नगरी यसलाई एक व्यवसायिक कला रूपमा स्वीकार गर्न सके यो क्षेत्रबाट आत्मनिर्भर जीवन निर्माण गर्न सकिने उनले बताए ।
प्रतिक्रिया