काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा तोकिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा कायम गरेको छ ।यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४० रुपैयाँ १४ पैसा तोकिएको छ ।केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९९ पैसा रहेको छ।यस्तै, भारतीय एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
प्रतिक्रिया