टोकियो — नेपाल पत्रकार महासंघ, जापान शाखाले जापानमा रहेका पत्रकारहरूको सहभागितामा टोकियोमा महासंघको ७१औँ स्थापना दिवस मनाएको छ। कार्यक्रममा जापान शाखाका संस्थापक अध्यक्ष तथा सल्लाहकार तिलक मल्ल, निवर्तमान अध्यक्ष तथा सल्लाहकार शान्त पहारी, अध्यक्ष रविन्द्र गोर्खाली, कार्यसमिति पदाधिकारी तथा सदस्यहरू तथा जापानमा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा पत्रकारिताको वर्तमान अवस्था, प्रवासी मिडियाको भूमिका तथा चुनौतीका विषयमा छलफल गरिएको थियो। साथै, पत्रकारिताको मूल्यमान्यता जोगाउँदै पेशागत एकता सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
प्रतिक्रिया