जनकपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केकाछन् ।गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो । प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युतआपूर्तिकोअवस्थालगायतकापक्षमा जानकारी लिइ उनी अनुगमन गरिरहेका छन् ।मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस उद्देश्यअनुगमन कार्यलाई तिव्रता दिइएको उनले बताए ।स्थानीय बासिन्दाले समेत मन्त्री यादवको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा विश्वास व्यक्त गरेका छन्
प्रतिक्रिया