काठमाण्डौँ - मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीका बिना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन्।
पार्टीले फिर्ता बोलाएपछि उनीहरूले राजीनामा दिएका हुन् । पार्टीले उनीहरूको ठाउँमा श्रम तथा यातायात मन्त्रीका रूपमा चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने तयारी गरिएको बताइएको छ ।