काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१।५० अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९२२।६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४।१४ बिन्दुमा रोकिएको थियो ।यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको थियो ।आज सेन्सेटिभ इन्डेक्स ६।७१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २।०७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २।३६ अंकले घटेको छ ।यसदिन पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ९४।८० रुपैयाँले बढेर १०४३।७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ७१।६१ रुपैयाँले बढेर ७८८।१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कर्पोरेट विकास बैंकको शेयर मूल्य २०२।३३ रुपैयाँले बढेर २२३०।९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य पनि प्रतिकित्ता १२३।७२ रुपैयाँले बढेर १३७१।३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन भुगोल इनर्जी विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कमपनीको शेयर मूल्य ७।१० प्रतिशतले घटेर ७९३।३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माइखोला हाइड्रो पवारको शेयर मूल्य ५।७० प्रतिशतले घटेर ८९१।२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४।९४ प्रतिशतले घटेर ४९५।०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया