काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक १२।८३ अंकले घटेर २६२०।९२ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स २।४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०।८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।८८ अंकले ओरालो लागेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य १३४ रुपैयाँ ६० पैसा बढेर प्रतिकित्ता १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो ।त्यसैगरी, एसवाई प्यानल नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यता, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । कम्पनीको बिहीबार २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसपछि शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको शेयर किनबेचभएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये बिहीबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । ‘अन्य’ उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।०९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया