images

पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्यो

रौतहट । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो ।आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिलिटर ६ रुपैयाँले कटौती गरेको छ। बिहिवार बिहान देखि घटेको नयाँ मूल्य लागु हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो।मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल÷मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ।
 

बिहीबार १७ पुस २०८२ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया