images

‘वान्टेड २’ मा सलमानको चासो

मुम्बई । बलिउड अभिनेता सलमानखानका फ्यानकालागि एउटा खुशीको खबर छ । १६वर्षअघि निर्माण भएको फिल्म ‘वान्टेड’को अब सिक्वेल बन्ने भएको छ । फिल्मकानिर्माताबोनीकपूरले यसको पुष्टि गरेका हुन् । सलमानको करिअरका लागि सन् २००८ एउटा ‘ल्याण्डमार्क’ नै रह्यो । उक्तवर्ष रिलिजभएको उनकाफिल्म ‘वान्टेड’ले बक्सअफिसमाउत्कृष्ट व्यापार गरेको थियो । यो फिल्मपछि सलमानको करिअरले नयाँगतिलिएको थियो । सलमानको करिअरमा ‘वान्टेड’लाई निकै महत्वपूर्ण फिल्म मानिन्छ । यो फिल्मको सिक्वेलकालागिसलमानका फ्यानहरु १६वर्षदेखि प्रतीक्षामाछन् । तर निर्माताबोनीकपूर र सलमानको सम्बन्धमाआएको खटपटले फिल्म ‘वान्टेड २’ बन्ने सम्भावना नरहेको फिल्मविश्लेषकहरुको आकलनथियो । तर अहिले भने बोनीले सलमानलाई लिएर ‘वान्टेड २’ बन्ने निश्चित गरेका छन् । बोनीले जूमसँग गरेको अन्तर्वार्तामा उनले आफ्ना यादगार फिल्मको सिक्वेल र रिमेक बनाउने विषयमाबोलेका छन् । उनले फिल्मउद्योगका केहीव्यक्तिले ‘हमपाँच’को रिमेक बनाउनकालागि कुराकानी गरेको खुलाएका छन् । ‘मिस्टर इण्डिया बन्न सक्दैन, किनकीयसमा एक तत्व चाहिन्छ, जुन अब पाइँदैन । ‘जुदाई’मा टेलिभिजनशो बनिसकेको छ । ‘वान्टेड’को चाहिँसिक्वेल म बनाउँछु’, उनले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘मैले यो विषयमा कुरा गरेको छु । मैले सलमानलाई अब यो फिल्मतपाईं नबनाउनु म बनाउँछु र म चाहन्छु कि तपाईं यसमाकाम गर्नु भनेँ। उनले ‘ठीक छ बोनी सर, म यो गर्छु’ भनेका छन् । म ‘वान्टेड २’ लाई लिएर अगाडि सोचिरहेको छु ।’
 

सोमबार १९ चैत २०८० ०७:५१ PM मा प्रकाशित

प्रतिक्रिया