पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४, ओसाका जापानमा हुदैंं 

ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल हुने भएको छ । पहिलो "एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४" नाम दिएको उक्त कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सह-आयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा हुन लागोको हो ।

नेपाल र नेपालीको पहिचान कला संस्कृतीलाई जापानी समुदायमा चिनाउने उदेश्यले यही जुलाई २७ तारिक शनिबारका दिन "एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४", ओसाकामा पहिलो पटक भव्य रुपमा आयोजना गर्न लागेको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक लाक्पा दोङ ले जानकारी दिनु भयो । करिब २० ओटा स्टलहरु रहने उक्त फेष्टामा नेपाल, नेपालीको पहिचान सहितका खाना, कपडा, कोसेलीहरुका स्टल, नेपालको पर्यटन सम्बन्धी जानकारी दिने स्टल तथा रेमिटेन्स लगायतका अन्य स्टलहरु रहने छन ।

कार्यक्रमा त्यसका अलावा नेपाली कला संस्कृती झल्कने खालका नृत्य, गित, संगित तथा विभिन्न मनोरन्जनका खेलहरु पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । ओसाकामा पहिलो पटक आयोजना भएको हुनाले यस कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नको लागि सबै संघ, संस्था तथा नेपाली समाज तथा जापानमा बस्ने नेपालीहरुले सहयोग गर्नू पर्ने व्यवस्थापक लाक्पा दोङले बताउनु भयो । कार्यक्रमबाट बचत भएको रकमले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने पनि व्यवस्थापक  दोङले जानकारी दिनु भयो ।