images

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ 


काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 
बिहान ९ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको ८९ औँ बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।साथै, बिहान  १० बजे बस्न लागेको राज्य व्यवस्था तथा सुशासनसमितिको ८२औँ बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
 

मङ्गलबार १७ असार २०८२ ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया