images

पवन गिरीको नयाँ प्रेमिल गीत मन भारी सार्वजनिक 

काठमाडौं। नेपाल आइडल सिजन–२ बाट उदाएका चर्चित गायक पवन गिरीको नयाँ सांगीतिक प्रस्तुति ''मन भारी'' सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धको गहिराइलाई समेटिएको यस गीतमा पवन गिरीकै स्वर, शब्द तथा संगीत रहेको छ।

गीतको म्युजिक भिडियोको निर्देशन बिबेक कर्माचार्यले गरेका छन्। भिडियोमा सुनील बी. थापा र कविता न्यौपानेको अभिनय रहेको छ, जहाँ प्रेमिल जोडीबीचको भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको देखिन्छ।

गीतको संगीत निर्माण तथा मिक्स र मास्टर किरण आले मगरले गरेका हुन् भने छायांकन बिशेष महर्जनको रहेको छ। सम्पादन(एडिटिङ) र डीओपीको जिम्मेवारी कौशल गुरुङले सम्हालेका छन्। त्यस्तै, भेशभूषा अनिल प्रधान, मेकअप रिया महर्जन तथा अडियो रेकर्डिङ आरोहा रेकर्डिङ स्टुडियोमा गरिएको छ।

''मन भारी'' प्रेम र आत्मीयताको भाव बोकेको गीतका रूपमा सार्वजनिक गरिएको हो। उत्कृष्ट दृश्य संयोजन, भावपूर्ण अभिनय र मधुर संगीतका कारण गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायक तथा सर्जक गिरीले बताए ।

बुधबार १७ असार २०८३ ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया