काठमाण्डौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।
१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि प्रतिनिधि सभा बैठक सञ्चालमा सहमति जुट्न नसकेको हो । एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्याएको छ ।