नेपाली कलाकारले जिते जापानी टेलिभिजनको कमेडियन कम्पिटिसन शोको उपाधी

ओसाका, जापान। जापानको ओकिनावालाई आफ्नो कर्मथलो बनाई हाँस्य क्षेत्रमा पहिचान बनाईरहेका नेपाली युवा 'राम प्रसाद आचार्य' र उहाँको  जापानी सहकर्मी ओकिनावा टेलिभिजनले आयोजना गरेको हाँस्य रियालिटी सो O-1GRANDPRIX 2025 (O-1グランプリ) को विजेता बनेका छन् ।

जापानको ओकिनवा शहरमा रहेर जापानी रेडियो तथा टेलिभिजनमा कमेडी कार्यक्रम गर्दै आएका नेपाली हास्य कलाकार राम प्रसाद आचार्यले उक्त टेलिभिजनको हास्य कार्यक्रमको उपाधी जित्न सफल हुनु भएको हो । 

 
१० वर्षअघि विद्यार्थीको रुपमा जापान आउनु भएका रामप्रसादले आफ्नो मूख्य पेशासंगै कलाकारितालाई अघि बढाईरहनु भएको छ । पहिलो चरणमा करिब ९० जना प्रतिष्पर्धी कलाकार तथा कलाकार जोडि सहभागिता रहेकोमा त्यसबाट २० वटा ग्रुप छनौट भएको थियो ।

प्रतिष्पर्धाको दोस्रो चरणमा पुग्दा सम्ममा ८ कलाकार जोडिहरु प्रतिष्पर्धामा बाँकी रहेका थिए । अन्तिममा उत्कृष्ट ५ समूह छनौट गरि दर्शक तथा निर्णायकहरुको मतको आधारमा उपधी प्रदान गरिएको बताइएको छ ।

जापानको ओकिनावा क्षेत्रको सर्वाधिक लोकप्रिय हाँस्यकलाकारको उपाधी जितेका राम प्रसाद आचार्यको जोडिले ५ लाख येन नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका थिए। उनले पछिल्लो ५ वर्षयता जापानको ओकिनवामा रहेर रेडियो,टेलिभिजन तथा विभिन्न स्टेजहरुमा नियमितरुपमा केमेडी शो गर्दै आएका छन् ।

उनि एक जापानीसंगको जोडिकारुपमा めーばーカリ नामक कमेडी शो मार्फत लोकप्रिय छन् ।