काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।मंगलबार समितिको १६२ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया