जापान, टोकियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान सम्बन्ध अझ नजिक र सुदृढ हुँदै गएको बताउँदै द्विपक्षीय सहयोग मजबुत बनाउन जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ। जापान भ्रमणका क्रममा प्रधानमन्त्री ताकाइची सानायसँग भएको शिष्टाचार भेटमा उहाँले जापान सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
भेटमा प्रधानमन्त्री सानायले नेपालको स्थायित्व क्षेत्रकै लागि महत्वपूर्ण रहेको बताउँदै आसन्न प्रतिनिधिसभा निर्वाचन सफल होस् भन्ने कामना गर्नुभयो र जापानले पर्यवेक्षक पठाउने जानकारी दिनुभयो। उहाँले शिक्षा, पर्यटन र सूचना प्रविधिमार्फत नेपाल–जापान सम्बन्ध झनै प्रगाढ हुँदै गएको उल्लेख गर्नुभयो।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई महत्वपूर्ण कोशेढुंगा उल्लेख गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्ध थप मजबुत हुने उहाँको भनाइ थियो। जापान नेपालका लागि महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले व्यापार विस्तार र जलविद्युत, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा जापानी लगानीको राम्रो सम्भावना रहेको बताउनुभयो। नेपालले विदेशी लगानी आकर्षित गर्न कानुनी र संस्थागत सुधार गरिसकेको जानकारी पनि दिनुभयो।
जापानको सहयोगले मानव संसाधन, स्वास्थ्य, पूर्वाधार, वातावरण र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुगेको भन्दै नेपाल स्तरोन्नति हुँदै गर्दा पनि जापानको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। बुद्ध जन्मभूमि लुम्बिनीले दुई देशका जनताबीच सम्बन्ध मजबुत बनाएको उहाँको भनाइ थियो।
राष्ट्रपति पौडेल ७०औँ वर्षगाँठका विशेष कार्यक्रममा सहभागी हुन जापान आइपुग्नुभएको हो। भ्रमणका क्रममा उहाँले विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै सम्राट नारुहितोसँग पनि शिष्टाचार भेट गर्नुभएको छ। चारदिने भ्रमण सकेर उहाँ बुधबार
प्रतिक्रिया