images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ । 
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७पैसा र बिक्री दर १४४रुपैयाँ ७२पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा पुगेकोछ । 
शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसामा कारोबार भएको थियो । यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ०७पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा तथाअमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो । आज युरो र बेलायती पाउण्डको भाउ बढेको छ ।  
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

शनिबार २० माघ २०८० ०९:०३ AM मा प्रकाशित

प्रतिक्रिया