सुनचांदीको मुल्य घट्यो, हेरौ आज कतिमा हुदै छ कारोबार ?

काठमाडौं- सुन चाँदीको मूल्य सोमबार केही घटेको छ। बढ्न थालेको मूल्यमा ब्रेक लाग्दै सुन तोलामा ६ सय र चाँदी तोलामा २० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन ६ सय घट्दा प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँ भएको छ। तोलामा १० रुपैयाँले बढ्दा आइतबार भाउ १४ सय १० रुपैयाँ पुगेको थियो।

पछिल्लो समय सुनको मूल्यमा उतारचढाव भइहरदा बजारमा कारोबारमा मन्दी रहेको महासंघले जनाएको छ। सुनको स्टक पर्याप्त भए पनि बजारमूल्य वृद्धिका कारण माग घट्दो छ।