ओसाका, जापान । छोटो समयमै निकै चर्चित व्याण्ड कुमा सागर तथा द खोपाको सांगीतिक प्रस्तुती जापानको विभिन्न सहरहरुमा हुने भएको छ । टोकियोमा मे ४ तारिख सांगितिक तहल्का मच्चाउने तयारीमा रहेको कुमा सागर व्याण्डले ओशाका शहरमा भने मे ९ तारिख र नागोयामा मे १२ तारिख आफ्नो सांगितिक प्रस्तुती दिने तयारीमा रहेको अयोजकले बताएको छ ।
लाइभ कन्सर्टको तयारी भइरहँदा टोकियोको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक दाजुभाई ईन्टरटेनमेन्टका राकेश रुम्बाले जानकारी दिनुभयो ।
कुमा सागरको जापान सांगितिक टुरको मुख्य प्रायोजन स्माइल रेमिट्यान्सले गरेकाले व्याण्डको जापान सांगितिक टुरको नाम स्माइल मोबाइल रेमिट्यान्स म्यूजिक टुर २०२५ नाम दिइएको छ । नेपाली नेवारी भाषा र भाकालाई सांगितिक स्वादमा मिसाएर दर्शकको मन जित्न सफल कुमा सागर र उनको व्याण्डले ओशाका शहरमा भने मे ९ तारिखमा आयोजना गरिएको आयोजक अर्जुन श्रेष्ठले जानकारी दिनु भयो ।
नेपाली गीत संगीतको दुनियामा पछिल्लो पुस्तामा कुमा सागर लोकप्रियताको शिखरमा छन् । उनको गीत गाउने छुट्टै शैली, नेवारी संगीतको प्रभावले धेरैलाई मोहित तुल्याएको छ । कुमा सागर प्रतिको दर्शक मोह र आकर्षणलाई अविस्मरणीय बनाउने तयारीमा रहेका व्यापक प्रचार थालेको आयोजक दाजुभाई ईन्टरटेनमेन्ट र मन्त्र इन्टरटेनमेन्टका मनोज श्रेष्ठले बताउनु भयो ।
नेपालको उत्कृष्ट व्याण्डको रुपमा प्रस्तुत भएको कुमा सागर एण्ड द खोपाका फुरफुर..., चमेली फूल..., हावाको लहर..., ओ चम्फा..., छहरी सरि... लगायत दर्जनौं गीतहरु चर्चित छन् ।
प्रतिक्रिया