काठमाडौँ - भारतको ओडिशामा रेल दुर्घटना हुँदा हालसम्म २३३ जनाको मृत्यु भएको छ ।
ओडिशाको बालासोरमा शुक्रबार साँझ ७ बजे रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा ९ सय जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार कार्य जारी छ । दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।