काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आँट गर्न नसकेको बताएका छन् ।
एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमाले विरोधीले अंगीकार गर्न नसकेको बताएका हुन् ।
उनले केही मान्छे धेरै धनी हुने र केही मान्छे गरिबको गरिब रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताए ।
ओलीले समान रुपमा जनताहरूको आयस्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गरे । मावन विकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार विकास हुनुपर्ने ओलीको भनाई छ ।