काठमाण्डौा - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीवार पनि बस्दैछ । बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ ।
बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि बुधवार १८ नेताले धारणा राखेका थिए । बिहीवार पनि प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ ।