काठमाडौँ - नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।
नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन महासंघले माग गरेको हो ।
महासंघले लामो समयदेखि सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु नविकरण नभएसम्म क्रसर उद्योगहरु बन्द गरिरहेको छ ।