images

कमलाह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

काठमाडौं । अमेरिकाकीवर्तमान उपराष्ट्रपति कमलाह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावकालागिऔपचारिकरुपमाउम्मेदवार चयन गरेको छ । ह्यारिस भारतीय–अफ्रिकीमूलकीपहिलो महिलाहुन् जसलाई राष्ट्रपति पदकालागिमनोनयन गरिएको छ । शुक्रबार उम्मेदवार छनोटका लागिभएको मतदानमाउनले सफलतापाएसँगै नोभेम्बर ५ मा हुने आमचुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन् ।डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट उम्मेदवारी पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्नपाउँदाआफूलाई गर्व लागेको बताइन् ।उनले अर्कोहप्ताऔपचारिक रूपमामनोनयन स्वीकार गर्ने पनिबताइन् । ह्यारिसकीआमाभारतीय अमेरिकीथिइन् भने उनकाबुबाअफ्रिकीमूलकाजमैकन थिए ।अगस्ट २२ मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमाऔपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ ।  अबको केहीदिनमाउनले उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्न सक्नेछन् ।यस्तै, ट्रम्पले शुक्रबार आफ्नो सम्भावित डेमोक्रेटिक प्रतिद्वन्द्वी उपराष्ट्रपति कमलाह्यारिससँगको बहसमाभागलिने वानलिने भन्ने निर्णय नगरेको बताएका छन् ।
 

शनिबार १९ साउन २०८१ १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया