तीन हप्ताको बीचमा ब्रोइलर कुखुराको मूल्य किलोमै ६० रुपैयाँ घट्यो

काठमाडौँ - तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ ।

गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।


संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार मात्रै कुखुराको मासुको मूल्य किलोमा १० रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको थियो ।

उच्च उत्पादनका कारण कुखराको बिक्री मूल्य घटेको संघले जनाएको छ । जिउँदो कुखुराको बिक्री मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ३८० रुपैयाँसम्ममा कुखुराको तयारी मासु बिक्रिी वितरण भइरहेको छ ।