काठमाडौँ - सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो। बैठक साँझ ५ बजे बस्नेछ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिको सिफारिस गर्न परिषदको बैठक बस्न लागेको हो । संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्छ।