images

विश्वकप लिग–टू ः अमेरिकासँग नेपाल ३७ रनले पराजित

काठमाडौं । आईसिसी विश्वकप लिग–टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । नेपालको लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन जोडे ।  सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । यस्तै अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए । उता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो ।  अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए । आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । 
योसँग यस सिरिजमा नेपालले तीन् खेलमा दुई हार र एक जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो । 
 

आइतबार​ १८ कात्तिक २०८१ १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया