images

आजको मौसम ः देशको पश्चिमी भूभागमा हल्का वर्षाको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ  । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ ।  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । मंगलबार दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ  । आज राति सुदूरपश्चिम, कर्णालीलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको संभावना रहेको छ । सुदूरपश्चिम, कर्णालीलगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार २२ माघ २०८१ ०८:१८ AM मा प्रकाशित

प्रतिक्रिया