काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललेसांसदहरुले अघिल्लो बैठकहरुमा समसामयीक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन् । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९÷०८० पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्ल्ेख छ । यस्तै आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि रहेको छ। यस्तै, राष्ट्रिय सभाको बैठक १ बजेर १७ मिनेटमा बस्ने तय भएको छ। राष्ट्रिय सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन २०८९÷०८० सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया