काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध गरेका छन् ।
प्रतिनिधि सभा बैठक सुरू हुनासाथ दलहरूले उठेर संसद अवरोध गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले बैठक अवरोध गरेका हुन् ।
एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए ।
सभामुखको पटक पटकको आग्रहपछि पनि अवरोध नखुलेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।