भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता हुने नेपालीको संख्या १३ पुग्यो !

 काठमाडौँ - भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सातजना सहित १३ जना नेपाली नागरिक हराइरहेको खबर आएको छ ।

यसअघि ७ जना बेपत्ता भनिएकोमा थप ६ जना नेपाली पनि पहिरोमा पुरिएको पाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारी वर्षापछि झरेको पहिरोले तीनवटा पसल ढावा बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । पसल संचालक र त्यहाँ खाना खाइरहेका नेपाली पहिरोमा पुरिएको जागरणको अनलाइन संस्करणले जनाएको छ । पहिरोमा पुरिएर अमर बोहरा र उनको परिवार बेपत्ता भएको जानकारी यसअघि दिइएको थियो । थप ६ जना नेपाली पनि पहिरोमा पुरिएको पाइएको छ ।