images

राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलवार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो । बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदुत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिनुभयो । उहाँले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ । यसो आउँदैछ, उनीहरुसँग के कुरा गर्ने ? त्यो पनि ख्याल गर्नुहोला । राजदुत अहिले त सिफारिस भएको छ । भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ । राजदुत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिइ सिफारिस गर्न सरकारको ध्यानार्षकण गराउने ।’ उहाँले राजदुत नियुक्ति भविष्यमा थप पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो 
 

बुधबार १९ भदौ २०८१ १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया