images

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बिहीबार समितिको १६५ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ उपर दफावार छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।

बिहीबार २२ माघ २०८२ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया