images

सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरु

काठमाडौं । सुदूरपश्चिममा प्रतिनिधि सभाको निर्वाचन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मि पुगिसकेका छन् ।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार तोकेको समयमै सबै क्षेत्रमा निर्वाचन सुरु भएको विवरण प्राप्त भएको छ ।सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा ईन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि पदम् विष्टले पनि हाल सम्म कुनै पनि क्षेत्रमा अवरोध भएको विवरण प्राप्त नभएको बताउनु भयो । सुदूरपश्चिमका धेरै स्थानमा प्रहरी सञ्चारको पहुच रहेपनि केही स्थनमा भने सञ्चार सेटको समेत उपलब्धता नरहेको उनले बताए ।बाजुराका दुई स्थानमा भने टेलिफोन सेवा समेत उपलब्ध नभएकाले भी सेटको व्यवस्था गरिएको एसएसपि विष्टले बताए । उनका अनुसार सुदूरपश्चिमका ९ जिल्लामा १५ वटा निर्वाचन क्षेत्र रहेका छन् । कैलालीमा– ५, कञ्चनपुरमा–३, अछाममा २ निर्वाचन क्षेत्र रहेका छन् । त्यसबाहेक डडेल्धुरा, बैतड, दार्चुला, डोटी, बाजुरा र बझाङमा १÷१ वटा निर्वाचन क्षेत्र रहेका छन् । सुदूरपश्चिममा कुल मतदाताको संख्या १७ लाख, १६ हजार ६ सय ६० रहेको छ ।

बिहीबार २१ फागुन २०८२ १०:०० AM मा प्रकाशित

प्रतिक्रिया