images

दोलखामा नेकपा उम्मेदवार विशाल खड्काद्वारा मतदान

काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित सेतीदेवी प्रावि मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार विशाल खड्काले मतदान गरेका छन् ।प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले आज बिहानै आफ्नो गृहक्षेत्रको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।दोलखाका विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । दोलखा जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ ।

बिहीबार २१ फागुन २०८२ १०:२० AM मा प्रकाशित

प्रतिक्रिया