images

रास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् ।उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे ।‘विगतका अन्य चुनाव भन्दा यो निकै महत्वपूर्ण छ। त्यसकारण अलिक भावुक पनि भए म अहिलेको परिस्थितीलाई हेरेर’ लामिछानेले भने, ‘यो ऐतिहासिक हुन्छ भनेर अपेक्षा गरेको छु ।’लामिछाने आफू चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा भए तापनि उनको मतदाता नामावली काठमाडौै–३ मा रहेकाले उनले सोही केन्द्रबाट मतदान गरेका हुन् ।

बिहीबार २१ फागुन २०८२ ०९:४९ AM मा प्रकाशित

प्रतिक्रिया