images

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् ।उनले कांग्रेस आफ्नो प्रतिज्ञा पत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा कांग्रेसले मात्र नेतृत्व गर्न सक्नेसमेत बताएका छन् ।

बिहीबार २१ फागुन २०८२ १०:०४ AM मा प्रकाशित

प्रतिक्रिया