images

कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ । उनीहरुसँग नुहाउन गएका अन्य दुई जना घाइते छन् । दोदा नदीमा नुहाउन गएका बेलौरी नगरपालिका–७, शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिवार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । उनका अनुसार शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट भने घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

आइतबार​ २३ बैशाख २०८१ ०९:२३ AM मा प्रकाशित

प्रतिक्रिया