बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु

 बैतडी - बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । सिगास गाउँपालिका–४ रक्सौनका दिपकबहादुर बिकका ९ वर्षीय छोरा रेशम विकको शुक्रबार दिउँसो सडक माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । 

देउलेक–कान्धार सडकअन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको स्थानीय बलदेव बिकले जानकारी दिए ।