images

रोमान्टिक अभिनयगर्न चाहन्छन् आमिर खान

मुम्बई(आजतक) । बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘३ इडिट्यस’भारतकै आइकोनिकफिल्ममध्येमा पर्दछ । फिल्ममाआमिरले एक इञ्जिनियरिङ विद्यार्थीको भूमिकानिभाएकाथिए ।जसको उमेर २० वर्ष हाराहारीको थियो । जबकी यो समयमाआमिरको उमेर ४४ वर्षको थियो । उनको यो परिवर्तनको निकै चर्चा भयो र फिल्ममाउनको भूमिकाकतै बाट पनिउनको वास्तविक उमेरसँग नजिक देखिएको थिएन । बलिउड अभिनेताहरु फिल्मीपर्दामा वास्तविक उमेरभन्दानिकै कम उमेरको भूमिकामा देखिन्छन् । तर ‘३ इडियट्स’माआमिरको कलेज विद्यार्थी बन्नु एक निकै अलगथियो, तर आमिर अब भने युवा उमेरको चरित्रमानदेखिने बताउँछन् । यद्यपिउनीपर्दामा रोमान्स गर्नका लागि इच्छुक छन्, तर उनीआफ्नो उमेरलाई सुहाउँदो कथाचाहिने सर्त राख्छन् । हालैमात्र एक कार्यक्रममापुगेका आमिरले फिल्ममा रोमान्स गर्ने कुरालाई लिएर चाखलाग्दो जवाफदिएका छन् । आमिरलाई ‘तपाईं रोमान्टिक फिल्ममाकाम गर्नुहुन्छ या हुन्न?’ भनेर सोधिएको थियो । ‘यदि रोमान्टिक कथा छ भने अवश्यपनि । यो उमेरमा रोमान्स थोरै सामान्यहुँदैन । कथाकाहिसाबले यदि म चरित्रमा फिट भएँभने किन गर्न चाहन्नँ र’, उनले भनेका छन् । उनले आफ्नो उमेरलाई सुहाउँदो चरित्र छ भने आफू रोमान्टिक कथामाअभिनय गर्न चाहेको खुलाएका छन् । ‘म हरेक जनराकाफिल्म गर्न चाहन्छु, तर उमेरको हिसाबले थोरै सुहाउँदो चाहियो । अचानकम १८ वर्षको हुनुपर्यो भने म त्यस्तो चरित्रमा गर्न चाहन्नँ’, उनले कारण खुलाएका छन् । आमिरको कुरा गर्दा उनी सन् २०२२ मा रिलिजफिल्म ‘लाल सिंह चड्डा’ पछि ‘ब्रेक’मा छन् । यो फिल्म हलिउडको ‘ओस्कार अवार्ड’ विजेताफिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो । यसअघि उनको फिल्म ‘ठग्स अफहिन्दुस्तान’पनिबक्सअफिसमा पूर्ण रुपमा फ्लपभएको थियो ।
 

मङ्गलबार २३ माघ २०८० ०७:३० PM मा प्रकाशित

प्रतिक्रिया