'टर्की भूकम्पमा अहिलेसम्म नेपाली नागरिक परेको खबर छैन' : एनआरएनए

काठमाण्डौँ - टर्कीमा गएको विनासकारी भूकम्पमा अहिलेसम्म नेपाली नपरेको गैरआवासीय नेपाली संघ एनआरएनएले जानकारी गराएको छ । टर्कीको दक्षिणी भागको सिरियन सीमा नजिक ७.८ म्याग्नेच्युडको भूकम्प गएको हो । टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगात क्षेत्रमा २ हजारदेखि २५ सयको संख्यामा नेपालीको बसोबास रहेको एनआरएनएले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु सिरियन बोर्डन नजिकै रहेको गाजिएन्तेपमा थोरै मात्र नेपाली रहेको समेत संघले जनाएको छ ।