images

उपनिर्वाचन ः बझाङ प्रदेश सभा १ का लागि १२ जनाको उम्मेदवारी

काठमाडौं । आउँदो वैशाख १५ गते हुने बझाङ प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनकालागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लानिर्वाचनअधिकृतको कार्यालयकाअनुसार तोकिएको समयभित्र १२ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् । एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जसपाबाट रामबहादुर जाग्री र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कांग्रेसकातर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । इलाममाएमालेकाउम्मेदवारलाई समेत समर्थन गरेको माओवादी केन्द्रले बझाङमाभने आफ्नै उम्मेदवार अघि सारेको छ । माओवादी केन्द्रबाट जनकबहादुर बुढाले  निर्वाचनअधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । नेपालमजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ । यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टनेपालीजनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको बताइएको छ । 
 

शनिबार २४ चैत २०८० ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया