images

चारवटा संसदीयसमितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका चारवटा संसदीयसमितिका बैठक आज बस्दैछन् । संघीय संसद सचिवालयकाअनुसार मंगलबार राज्यव्यवस्थातथा सुशासन,कानून, न्यायतथामानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायनव्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् । कानून, न्यायतथामानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमाव्यवस्था गर्न बनेको विधेयकमाथिदफावार छलफल प्रारम्भ गरिने छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ । यस्तै, राज्यव्यवस्थातथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । यसैगरी, विधायनव्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिलविधेयक, २०८० माथिदफावार छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।  संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उपभोक्तातथाअत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमनतथाउपभोक्ताहक संरक्षण तथाप्रवर्द्धनलगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या र भावीकार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
 

मङ्गलबार २२ साउन २०८१ १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया