पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा २२ जनाको मृत्यु, ८०  घाइते

काठमाण्डौँ - पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कराँचीबाट पाकिस्तानको पञ्जाब जाँदै गरेको रेल दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ ।

सो दुर्घटनामा ८० जना घाइते भएका छन् । जियो टीभीको  रिपोर्टअनुसार आइतबार सहजादपुर र नवाबशाहको बीचमा रहेको सहारा रेलवे स्टेशन नजिक रेल दुर्घटनामा परेको हो । घाइतेहरूलाई नवाबशाहको पीपुल्स मेडिकल अस्पतालमा भर्ना गरिएको छ ।