काठमाडौँ - आइतबार एक विज्ञप्ति मार्फत सभामुख देवराज घिमिरेले बेपत्ता भएको नेपालीको खोजी गर्न भारतलाई आग्रह गरेको छ ।
भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।
मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु । विज्ञप्तिमा उल्लेख गरिएको छ ।