काठमाडौँ - नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले जनतासँग माओवादी माओवादी विशेष रुपान्तरण अभियान चलाउने निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिनेछ ।
अभियानको नारा जनजनमा माओबादी घरघरमा माओबादी रहेको छ । अभियानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ७ प्रदेशका ७ वडामा पुग्नेछन् ।